पितामाथि छुरा प्रहार



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको न्युयोर्कमा अन्य २० जनासँग जुम भिडियो च्याट गर्ने क्रममा एक छोराले आफ्ना ७२ वर्षीय पितालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । ड्वाइट पावर्स नामक वृद्धको हत्यापछि ३२ वर्षीय पुत्र थोमस स्कल्ली पावर्स झ्यालबाट हाम फालेर लंग आइलन्डको एमिटिभिल्ले गाउँतर्फ भागेको बताइएको छ ।
च्याट गेस्टहरूले नै प्रहरीलाई घटनाबारेजानकारी दिएपछि उनलाई एक घण्टापछि गिरफ्तार गरिएको थियो । आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन ।
सामान्य घाइते भएका वृद्ध अस्पतालबाट डिस्चार्ज भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ । च्याट कुन विषयमा भइरहेको पनि बुझिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्