बेलायतमा कोरोनाविरुद्धको औषधि परीक्षण



लन्डन,(एजेन्सी) ।

औलो रोगविरुद्ध प्रयोग हुने दुई किसिमको औषधि कोभिड १९ को उपचारमा प्रयोग गर्न सकिन्छ कि सकिन्न भन्ने पत्ता लगाउन वेलायतका ब्राइटन र अक्सफोर्डमा परिक्षण कार्य शुरु भएको छ ।

युरोप , अफ्रिका र दक्षिण अमेरिकाका ४० हजार भन्दा बढि स्वास्थ स्याहार कार्यकर्ताहरुलाई क्लोरोक्वाइन र हाइड्रोक्सीक्लारोक्वाइन सेवन गर्न दिइने भएको छ ।

यस परिक्षणमा सहभागी सम्पूर्ण व्यक्ति कोभिड १९ संक्रमित बिरामीहरुका सम्पर्कमा रहेका कामदारहरु रहेका छन् । हालै मात्र विशव स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले हाइड्रोक्सीक्लोरोक्वाइनको जथाभावी प्रयोग गर्नु हानिकारक हुनसक्ने चेतावनी दिँदादिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औषधि सेवन गरेकाले उनी आलोचित हुन पुगेको खवर सार्वजनिक भएको थियो ।

विहिवार यि दुई औषधिको परिक्षणका लागि पहिलोचोटि वेलायतका ब्राइटन र सस्सेक्स युनिभर्सिटी अस्पतालहरुमा र अक्सफोर्ड स्थित जोह्न र्‍याडक्लिफ अस्पतालमा सहभागि हुने मानिसहरुको भर्ना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्