अम्फान चक्रवातबाट १२ को मृत्यु



कोलकाता (एजेन्सी) ।

पश्चिम बंगाल र ओरिसामा बुधबार विध्वंश मच्चाएपछि शक्तिशाली चक्रवात अम्फान कमजोर भएको छ ।

विगत ६ घन्टामा यो २७ किलोमिटर प्रतिघन्टाको बेगमा उत्तर उत्तर पुर्व तर्फ बढेको छ । अर्को तीन घन्टामा यो अझ कमजोर हुने अनुमा गरिएको छ । यो सामुद्रिक चक्रवात बुधबार पश्चिम बंगालमा १ सय ९० किलोमिटर प्रतिघन्टा हुरीको बेगसहित प्रवेश गरेको थियो ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले उनका राज्यमा चक्रवाटबाट १२ जनाको मृत्यु भएको जानकारी दिएकी छन् । यस प्रकोपमा ५ हजार ५ सय घरलाई क्षति पुगेको र हजारौं करोड रुपैयाको नोक्सान भएको मुख्यमन्त्रीले बताइन् ।

सामुद्रिक आँधी आउनु अगाडी ६ लाख हजारलाई सुरक्षित स्थान सारिएको थियो ।बंगामा ५ लाखलाई तटिय इलाकाबाट सेल्टर होम लगिएको थियो । आरिसामा १ लाख ६० जनाको उद्धार गरिएको थियो । आँधीबाट पुर्याएको क्षतिको सही आंकलन ३ /४ दिनपछि आउने बताइको छ ।

यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार देशमा भिषण चक्रवात अम्फान आउने भएपछि २० लाख भन्दा धरै नागरिकलाई सुरक्षित स्थान पठाइएको र यस प्राकृतिक विपत्तीसँग सम्बन्धित समस्यासँग जुघ्न सेना तैनाथ गरिएको जानकारी दिएकी छन् ।

अधिकारीहरुले देशका केही जिलाका लागि सतर्कताको स्तर अत्यन्त खतरामा राखेको छ । चक्रवाटले तटिय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्