पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी फेरी चर्चामा



इस्लामाबाद (एजेन्सी)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रहम खान फेरी एक पटक पाकिस्तानमा चर्चाको विषय बनेकी छन् । एक पाकिस्तानी युट्युबर वकार जाकाले एक अन्तरवार्तामा रेहम खानसँग इमरानको सेक्सुअल परफर्मेन्सका विषयमा प्रश्न राखेका थिए ।

उक्त प्रश्नको जवाफमा रेहमले उनका पहिलो पतिको सेक्सुअल पफर्मेन्स इमरान खानको भन्दा राम्रो भएको बताएकी थिइन् ।
पाकिस्तानमा लोकप्रिय युट्युबर वकार जाकासँगको उक्त अन्तरवार्तामा रेहम खानले आफनो किताबका बारेमा प्रश्नको जवाफ दिएकी थिइन् ।

रेहम खानले वकार जाकामाथि पुरै अन्तरवार्तालाई तोडमरोड गरेको पनि आरोप लगाएकी छिन् । उनले इमरान खान र उनकी पार्टीको दबावमा गरेको रेहमले बताइन् । वकार जाकाले आफनो छवि खराब पार्न उक्त अन्तरवार्तालाई एडिट गरेको उनले बताइन् । आफनो किताबमा इमरान खानका बारेमा कुनै पनि गलत नलेखेको पनि रेहमले बताइन् ।

यसअघि एक अन्तरवार्तामा रेहम खानले इमरानमाथि यौन उत्पीडन गरेको र उनी समलिंगी भएको पनि आरोप लगाएकी थिइन् । रेहमले आफनो किताबमा इमरान समलिंगी भएको र उनको आफनै पार्टी पाकिस्तान तहरिक ए इन्साफका कयौं सदस्यसँग सम्बन्ध रहेको दावी गरेकी थिइन् ।

रेहमले इमरान खानको पाकिस्तानी अभिनेता हमजा अली अब्बासी र पीटीआई सदस्य मराद सईद समलिंगी सम्बन्ध रहेको पनि खुलासा गरेकी थिइन् । यसअघि इमरानले विवाह अघि आफुलाई यौन उत्पिडन गरेको आरोप रेहमले लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्