पेलोसीले ट्रम्पलाई ‘मोटे’ भनिन्



वासिंगटन, (एजेन्सी)

अमेरिकाका वरिष्ठ डेमोक्रेट नान्सी पेलोसीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिक वजनमा ‘नसुहाउने किसिमकै मोटे’ भनी प्रतिक्रिया दिएको आरोप लागेको छ।

ट्रम्पले आफँलाई कोभिड–१९ बाट जोगाउन औलोका बिरामीहरूमाथि प्रयोग हुने हाइड्रोक्सिक्लारोक्वाइन नामक औषधी सेवन गरिरहेको खबर सार्वजनिक भएपछि पेलोसीले उनलाई ‘अत्यधिक शारीरिक वजन समँह’मा पर्ने व्यक्ति भएको बताएको आरोप लगाइएको हो।

ट्रम्पले सेवन गरिरहेको औषधीले केरोना भाइरसबाट जोगाउने कुनै प्रमाण छैन। बरु यसले मुटुका समस्याहरू देखापर्न सक्ने स्वास्थ विशेषज्ञहरूको भनाइ रहेको छ।

विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई आफैं जान्ने भएर जथाभावी औषधी सेवन नगर्न र त्यसले शरीरलाई गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै आए पनि ट्रम्पले पटकपटक हाइड्रोक्सिक्लोरोक्वाइन कोभिडबाट बच्न लाभकारी भएको बताउँदै आएका छन्।

भारतमा यो औषधी ठँला परिमाणमा उत्पादन हुने गर्दछ। भारतको मोदी सरकारले केही समय यसको निर्यातमा रोक लगाउँदा ट्रम्पले त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्