६ करोड अति गरिबीको चपेटामा पर्ने चेतावनी



न्युयोर्क, (एजेन्सी)

विश्व बैंकका अध्यक्ष डेविड माल्पासले बुधबार कोराना भाइरस महामारीका कारण विश्वमा कम्तीमा ६ करोड मानिस अति गरिबीको चपेटामा पुग्ने चेतावनी दिएका छन्।

उनले हरेक मुलुक विश्वाव्यापी महामारीसँग संघर्षरत रहेको वर्तमान स्थितिको कारण विश्वको आर्थिक वृद्धिदर ५ प्रतिशतमा खुम्चिने पनि बताएका छन्।

यस महामारीको कारण अहिले नै लाखौं मानिसले रोजगार गुमाउनुका साथै व्यापार व्यवसाय खस्किँदै गइरहेको छ। विशेष गरी गरिब मुलुकहरू नराम्ररी प्रभावित भएका छन्। माल्पासले भनेका छन्– ‘करोडौं आयस्रोत ध्वस्त भइसकेका छन् भने विश्वभरि स्वास्थ्य स्याहार प्रणाली पनि नाजुक अवस्थामा पुगेको छ।’

अहिलेको ध्वस्त आर्थिक स्थितिले विगत तीन वर्षमा गरिबी उन्मँलनका लागि गरिएका प्रयास अर्थहीन हुन पुगेको छ। विश्व बैंकको परिभाषा अनुसार ‘अति गरिबी’को सँचीमा प्रत्येक दिन एक दशमलव नब्बे अमेरिकी डलर कमाउने व्यक्तिहरू पर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्