बत्तीस वर्षपछि परिवारसँग पुनर्मिलन



बेइजिङ, (एजेन्सी) ।

चीनमा ३२ वर्षपछि हराइरहेका एक पुरुषको आफ्ना मातापितासँग पुनर्मिलन भएको छ । दुई वर्षको उमेरमा माओ यिन नामक ती व्यक्ति सन् १९८६ मा उत्तर पश्चिमी चीनको सान्सी प्रान्तको सियान शहरस्थित एउटा होटेलबाट अपहरित भएका थिए ।

उनलाई देशको अर्कै भागमा एउटा परिवारलाई बेचिएको थियो । अर्कै नाम दिएर हुकाइएका उनको लामो समयदेखि प्रहरीले देशव्यापीरूपमा खोजी गर्दै आएको थियो । सोमबार माओ र उनका परिवारबीच भएको ऐतिहासिक पुनर्मिलन कार्यक्रम चीनको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

आधिकारिक सरकारी सञ्चारमाध्यम सिन्ह्वाले प्रहरीलाई छिमेकी प्रान्त सिचुआनबाट अप्रिलमा उनकाबारे सियान प्रहरीले सूूचना दिएको थियो । अनुहार चिन्ने अत्याधुनिक प्रविधि र डीएनए परीक्षणपछि यसै महिनाको शुरूमा माओको परिचय यकिन गरिएको थियो ।

आफ्नो छोरो हराएपछि जागिरसमेत त्यागेकी उनकी आमा ली जिन्गझीले छोरो भेटिने आसमा १ लाखवटा भन्दा बढी सूूचना प्रवाह गरेकी थिइन् । साथै विगत दुई दशकदेखि उनी थुप्रै टेलिभिजन कार्यक्रममा आफूूजस्तै सन्तान हराउने व्यक्तिहरूसँगै प्रस्तुत हुँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्