जुम कल मार्फत् मृत्युदण्ड सुनाइयो



सिंगापुर सिटी,एजेन्सी ।

सिंगापुरमा कोभिड १९ महामारीको कारण लकडाउन जारी रहेकाले एक जना पुरुषलाई जुम भिडियो कल मार्फत मृत्युदण्ड सुनाइएको छ ।३७ वर्षीय पुनथान जेन्सान नामक ति व्यक्तिलाई सन् २०११ मा लागु औषध कारोवार गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

यसरी अदालती कामकारवाही अघि बढाइएको सिंगापुरको इतिहासमै पहिलो पटक हो । तर मानव अधिकारवादी समुहहरुले भने संसारमा लकडाउन चलिरहेकोबेला यसरी मृत्युदण्ड दिइनु आपत्तिजक रहेको बताएका छन् ।

कम्तिमा १ जुन सम्मका लागि सिंगापुरमा अधिकांश अदालती सुनुवाई मुल्तबीमा राखिएका छन् । सिंगापुरमा लागुऔषध कारोवारीलाई मृत्युदण्ड दिइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्