ताइवानी राष्ट्रपतिको दोस्रो कार्यकाल शुरु



ताइपेइ,एजेन्सी ।

ताइवानको राष्ट्र्पति पदमा साइ इंग वेनले आफनो दोस्रो कार्यकाल सुरु गरेकी छन् । यस क्रममा उनले चिनियाँ राष्ट्र्पति सी जिनपिंगसँग सह अस्तित्वका आधारमा वार्ता गर्ने प्रस्ताव अगाडी सारेकी छन् । चीन सँधै ताइवानलाई आफनो हिस्सा मान्दै आइरहेको छ भने ताइवानले आफुलाई अलग देश भन्दै आएको छ ।

ताईपेइमा आफनो दोस्रो कार्यकालको सूरुवाटका अवसरमा आयोजित एक परेडमा ६३ बर्षिय राष्ट्रपति साइ इंग वेनले आफुले चीनसँग वार्ता गर्न सक्ने तर एक देश दुई प्रणालीको मुद्दामा नहुने बताइन् । साइको कार्यकालमा चीनले ताइवानसँग सबै प्रकारको सम्बन्ध अन्त्य गरेको थियो । साथै चिनियाँ सरकारले ताइवानमाथि सैन्य कारवाही गर्न सक्ने विकल्प खुला रहेको चेतावनी दिँदै आइरहेका छ ।

साइले चीन र ताइवानबीच सम्बन्धमा शान्ति, समानता, लोकतन्त्र र वार्ताको आह्वान गरेकी छन् । उनले हंगकंगको जस्तो एक देश दुई प्रणाली अन्तर्गत चीनसँग एकिकरण सिद्धान्तमा आफनो विरोध दोहोर्याइन् । उनले देशमा ५ जी, चिकित्सा, रक्षा र नविकरणिय उर्जा सहित मुख्य उद्योगको निर्माणका लागि पनि प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्