अमेरिका र चीन बीच अहिलेसम्म कै खराब अवस्था



वासिंगटन (एजेन्सी)

अमेरिका र चीन सम्बन्ध अहिलेसम्म कै खराब अवस्थामा पुगेको छ । कोरोना भाइरस, ब्यापार, ताइवानको पहिचान र दक्षिण चीन सागरमाथिको नियन्त्रणको मुद्दामा यी दुई महासक्तीबीच मुठभेडको अवस्था छ । यदि चीनसँग अमेरिकाको भिडन्त हुन्छ भने त्यसको परिणाम के हुन्छ, यस प्रश्नलाई लिएर चुहावट भएको पेन्टागनको एक प्रतिवेदनले अमेरिकाका लागि यसमा जित्न सहज नहुने निष्कर्ष दिएको बताइएको छ । यसअघि चिनियाँ विशेषज्ञहरुले अमेरिकासँगको युद्धका लागि चीनलाई १ हजार परमाणु अस्त्र आवश्यक भएको बताएका थिए ।

यदी चीनको हमला भयो भने इन्डो प्यासिफिक क्षेत्रमा तैना अमेरिकी क्यारिएर ब्याटल ग्रुप तथा अखडा त्यसको सामना गर्ने स्थितिमा नहुने द टाइम्सको अमेरिकी रक्षा सुत्रले जनाएको छ । यसमा गुआम द्विपमा तैनाथ अमेरिकाको सबैभन्दा रणनितिक बेस पनि आउँछ, जहाँ शक्तिशाली बमबर्षकहरु तैनाथ छन् ।

अमेरिकी युद्धपोत समुह चिनियाँ हमलाको विरोध गर्न सक्षम नहुने सुत्रले जनाएको छ । चीनसँग लामो दुरीका एन्टी(सिप ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्र रहेको सुत्रले बताएको छ ।

चीनसँगको तनावलाई लिएर अमेरिकाले आफनो तयारीलाई ससक्त बनाइरहेको छ । यसबीच प्रशान्त महासागरमा भइरहेको सैन्य अभ्यासमा अमेरिकी युद्धपोत युएसएस प्रिन्स्टन, युएसएस राल्फ जोनसन र युएसएसएस टेरेट समावेश रहेका छन् ।

दक्षिण चीन सागरमा अमेरिकासँगको बढ्दो तनावबीच विशेषज्ञहरुले चीनलाई परमाणु अस्त्रको संख्या बढाउन पर्ने सल्लाह दिएको छ । विशेषज्ञहरुले अमेरिकी सेनाको हमलाबाट बच्नका लागि एच२० स्टे«टेजिक स्टिल्थ बमर र ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने जेएल ३ पनडुब्बी आवश्यक भएकोमा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्