खाद्यान्नका लागि प्रदर्शन



सान्टियागो,एजेन्सी ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि लकडाउन गरिएको स्थितीमा खाद्यान्न अभाब भएको विषयलाई लिएर मंगलवार चिलीको राजधानी सानिटयागोमा प्रदर्शनकारी र प्रहरीबिच भिडन्त भएको छ ।

गरिबीको दर उच्च रहेको एल बोस्क शहरका सडकहरुमा प्रहरीले प्रदर्शनकारीहरुमा पानीको फोहरा र अशश्रग्यास प्रहार गरिरहेको दृश्यहरु स्थानिय टेलिभिजनले प्रशारण गरेको छ ।

सो प्रदशन कार्य पछि राष्ट्रपति सेवासियन पिनेराले टेलिजन मार्फ सम्बोधन गर्दै भोका जनतालाई खाद्यान्न उपलब्ध गराउन आदेश दिएका छन् । ४६ हजार जना भन्दा बढि कोभिड १९ संक्रमित भेटिएको चिलीमा अहिले सम्म ४ सय ७८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्