ठूलो परिमाणमा लागु औषध वरामद



याँगुन,एजेन्सी ।

म्यानमार प्रहरीले दक्षिण पुर्वी एसियामै पहिलोचोटि सबैभन्दा ठूलो परिमाणमा सिन्थेटिक लागु औषध वरामद गर्न सफल भएको छ । प्रहरीले उत्तर पुर्वी सान राज्यमा छापा मारेर २० करोड भन्दा बढि मिथाएम्फेटामाइन चक्की , ५ सय किलो ग्राम क्रिष्टल मिथाएम्फेटामाइन र ३ सय केजि हेरोइन वरामद गरेको हो ।

फेब्रअरीदेखि अप्रिलसम्म चालिएको यस अपरेसनको दौरान ३३ जना व्यक्ति पनि समातिएका छन् । विश्वभरि सबैचभन्दा बढि म्यान्मारबाट मिथाएम्फेटामाइनको कारोवार हुने गर्दछ । म्यान्मारको लागु औषध कारोवार रोकथाम तथा नियन्त्रण निकायका अधिकारी कर्णल ज लिनले पक्राउ परेकाहरुले जफत भएक अधिकांश लागुऔषध म्यान्मार भित्रै र छिमेकी मुलुकहरुमा बक्रि गरिन लागेको बताएका ेजानकारी रोयटर्सलाई दिएका छन् ।

यसै अपरेसन दौरान शक्तिशाली ओपिओइड फेन्टानाइल बनाउन प्रयोग गरिने ३ हजार ७ सय लिटर भन्दा बढि मिथाइल फेन्टानाइल पनि जफत गरिएको हो । फेन्टानाइल हेरोइन भन्दा ५० र मोर्फिन भन्दा १ सय गुणा शक्तिशाली छ ।

अहिले अमेरिकामा ओपिओइडका ेअभाब भइरहेको छ ।अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द«का अनुसार हरेक दिन त्यहाँ औसत १ सय ३० जना अमेरिकीको ओपिओइड ओभरडोजबाट मृतयु हुने गरेको छ ।

विश्वव्यापि अवैध लागु औषध व्यापारमा सिन्थेटिक ड्रग्सले परिवर्तनहरु ल्याएका छन् । प्रयोगशालाम ैतयार हुने यस्ता ड्रग्स सस्तो पर्नुक साथै यसका ेउत्पादनका लागि हिरोइन र अन्य परम्परागत लागु औषध उत्पादनका लागि जस्तै मौसमी बालीमा भर पर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्