ट्रम्पद्वारा डब्ल्युएचओलाई चेतावनी



न्युयोर्क ,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) का अध्यक्षलाई एउटा पत्र पठाउँदै कोभिड १९ को कारण देखाई अमेरिकाको आर्थिक सहयोग सदाका लागि बन्द गर्न चेतावनी दिएका छन् ।

सो पत्रमा डब्लयुएचओलाई कोभिड १९ विरुद्ध ३० दिनभित्र बृहत सुधार कार्य गरी देखाउन वा अमेरिकी सदस्यता र लाखौ डलर वरावरको आर्थिक सहयोग गुमाउन चेतावनी दिइएको छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एधनोम घेब्रिससलाइृ सम्बेधन गरि लेखिएको सो पत्रमा डिसेम्वर देखिका सो निकायका विविध गतिविधिको आलोचना पनि गरिएको छ ।

हालै मात्र ट्रम्पले डब्ल्युएचओलाई ‘ चीनको कठपुतली ’ को संज्ञा दिएका थिए । ट्रम्पले पटक पटक कोरोना फैलिनु पछाडि चीनको हात रहेको र डब्ल्युएचओले चीनलाई यसका लागि जिम्मेवार ठहराउन नसकेको आरोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्