कोरानाविरुद्ध खोप बन्ने संकेत !



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको औषधि निर्माण कम्पनी मोडर्नाले पहिलो चोटि कोभिड १९ विरुद्धको खोप परीक्षण गरेको छ ।

उक्त बायोटेक कम्पनीले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार केहि स्वास्थ्य स्वयंसेवकमाथि गरिएको सो खोपबाट रोग प्रतिरोधात्मक एन्टिबडी उत्पादन गर्न सफल भएको छ ।

मार्चदेखि शुरु भएको ४५ वटा सुरक्षा परिक्षणमा आठजना मानिसले भाग लिएका छन् । विश्वभरि मोडर्ना खोप लगायत १ सय वटा भन्दा बढि कोरोना भाइरस विरुद्धको खोप विकासको क्रममा रहेका छन् । अध्ययन सुरक्षित रहेको र १ सय तथा २५ माइक्रोग्राम डोजको खोप दिइएका व्यक्तिहरुमा त्यहि स्तरमा भाइरसयुक्त रगतमा प्रतिरोधात्मक एन्टिबडी विकास भएको पाइएको छ । यो खुशीको खवर सार्वजनिक हुनासाथ मोडर्ना कम्पनीको सेयरको मुल्य २० प्रतिशतले वृद्धि भएको छ ।

यस प्रारम्भिक परीक्षण सफलताले प्रभावकारी खोप विकास हुने आशा पलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्