बंगाली डाक्टरले निकाले कोरोनाको औषधि



ढाका (एजेन्सी)

बंगलादेशका डाक्टरहरुले विश्व महामारी कोरोना भाइरसको उपचारमा प्रभावकारी औषधीको खोज गरेको दावी गरेका छन् । उनीहरुले यस उपचारमा कयौं औषधी मिलाएर नयाँ औषधी तयार पारेको बताएका छन् । औषधीहरुकै मिश्रणबाट बनाइएको यो औषधीबाट कोरोना भाइरस संक्रमित कयौं विरामीलाई ठीक गरेको टोलीले बताएको छ । विश्वमा अन्य कयौं देशमा यस भाइरस विरुद्ध प्रभावकारी औषधी तथा खोपको विकासका लागि शोध भइरहेको छ ।

बंगलादेश मेडिकल कलेज हस्पिटलको मेडिसिन विभागका डाक्टर मोहम्मद तारिक आलमले यस औषधीबाट ६० विरामीले स्वास्थ्य लाभ गरिसकेको जानकारी दिए । दुई वटा औषधीको मिश्रणबाट बनेको यो नयाँ औषधीको कुनै साइड इफेक्ट पनि नभएको उनले बताए ।

यस नयाँ विधिमा प्राय प्रयोग हुन एन्टिप्रोटोजोल औषधी इवरमेक्टिनसँगै एन्टिबायोटिक मेडिसिन डाक्सिसाइक्लिन कोरोना संक्रमित विरामीलाई दिइएको हो प्रतिष्ठित चिकित्सक तारिक आलमले जानकारी दिए । जसको चमत्कारी परिणाम देखिएयो । आफ्नो टोलीले कोरोना भाइरसका रोगीहरुका लागि मात्र दुई औषधी निर्धारित गरिरहेको उनले बताए । ती मध्य धेरै विरामीमा स्वास सम्बन्धी समस्या थियो ।

उनले भने – हामी विरामीलाई पहिला कोरोना भाइरस जाँच गर्न भन्छौं । जब उनको रिपोर्ट पोजिटिव देखिन्छ तब हामी यो औषधी दिन्छौं । यो औषधीको प्रभावबाट विरामी ४ दिनमै संक्रमणबाट मुक्त भइरहेका छन् ।

औषधीको मिश्रणको सफलतालाई लिएर सत प्रतिशत आश्वस्त रहेको डाक्टर आलमले दावी गरे । उनी बंगलादेशका अधिकारीहरुसँग मिलेर औषधीको अन्तराष्ट्रिय स्तरमा पेटेन्टका लागि काम गरिरहेका छन् ।

बंगलादेशमा अहिलेसम्म कोरोनाभाइरसका २० हजार ९ सय ९५ संक्रमित देखिएका छन् भने ३ सय १४ जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्