स्लोभाकिया कोरोना मुक्त पहिलो युरोपली देश



लुब्लियाना (एजेन्सी)

कोरोना महामारीको चपेटामा परेको युरोपले पछिल्लो समयमा केही राहत महसुस गरिरहेको भएपनि यसबाट मुक्ती पाउन अझै समय लाग्ने निश्चित छ । यसबीच युरोपको एक सानो देश युरोपमा सबैभन्दा पहिला आफुलाइ कोरोना महामारी मुक्त घोषणा गरेको छ ।

स्लोभेनिया सरकारले उक्त घोषणा गरेको छ तर यहाँ कुनै नयां संक्रमित नभेटिएको भन्ने होइन । यद्यपी पछिल्लो अवस्थाले महामारीबाट मुक्ती पाएको संकेट दिएको बताइएको छ । विगत दुई हप्तामा यहाँ हरेक दिन कोरोनाका ७ भन्दा कम मात्र संक्रमित भेटिएका छन् ।

सरकारले अब अन्य युरोपेली संघका देशहरुबाट स्लोभेनिया आउनेहरु कम्तिमा ७ दिनका लागि क्वारेन्टाइनमा बस्नु पर्ने बताएको छ । २० लाख आवादी रहेको यस देशको सीमा इटाली, अष्ट्रिया, हंगरी र क्रोएसियासँग जोडिएको छ । यहाँ अहिलेसम्म १ हजार ४ सय ६४ कोरोना भाइरसबाट संक्रमित भएका छन् र १ सय ३ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणलाई यहाँ मार्च १२ मा महामारी घोषणा गरेको थियो ।

प्रधानमन्त्री जैनेज जानसाले संसदमा स्लोभेनियाले दुई महिनामा महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताए । यस महामारीमा स्लोभेनियाको स्थिति युरोपमा सबैभन्दा राम्रो भएको उनले बताए । अब देशमा आर्थिक सहायता पाइरहेका सर्वसाधारण तथा ब्यापारीले मे पछि पाउन बन्दु हने छ । कोरोना इन्फेक्सनका लक्षण देखिएका कुनै पनि विदेशीलाई देशमा प्रवेश गर्न रोक लगाइने सरकारले जनाएको छ ।

देशलाई कोरोना मुक्त घोषणा गरिएको भएपनि यस संक्रमण नियन्त्रणमा जारी गरिएका नियमको भने पालना गर्नु पर्ने जनाइएको छ । अर्को हप्ताबाट स्कुल तथा रेस्टुरेन्ट खुला हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्