ताइवानलाई डब्ल्युएचओलाई पर्यवेक्षक दर्जा दिएन



जेनेभा (एजेन्सी)
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का सदस्य देशहरुले ताइवानलाई संस्थामा पर्यवेक्षकको दर्जा दिने विषयमा हाललाई छलफल नगर्ने निर्णय गरेको छ । अमेरिका र उसका सहयोगी तथा समर्थक देशहरुको ब्यापक दबावका बावजुद उक्त निर्णय आएको हो ।

विश्व स्वास्थ्य सभाको पहिलो भिडियोमा सभाको शुरुमा सदस्य देशहरुले ताइवानलाई पर्यवेक्षक पहुंच प्रदान गर्ने सम्बन्धमा निर्णय यस बर्षको अन्त्य सम्म टाल्ने सर्वसम्मतिबाट निर्णय गरेको हो । अहिलेको प्राथमिकता कोविड १९ महामारीबाट ध्यान मोड्न नदिन उक्त निर्णय गरिएको हो ।

चीनले पर्यवेक्षक पहुंच प्रदान गर्ने विषयमा कडा विरोध गरेको थियो । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । ताइवानको वर्तमान सरकारले चीनको यस नितिको कडा विरोध गर्दै आइरहेको छ ।

ताइवानलाई कयौं बर्ष सम्म यस सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुन निमन्त्रणा प्राप्त भइरह्यो । तर सन् २०१६ मा यसलाई बन्द गरियो, किनभने ताइवानका राष्ट्रपति साई इंग वेनले ताइवानलाई चीनको हिस्सा मान्ने अवधारणलाई मान्यता दिन अस्विकार गरेकी छन् ।

बेलिज, ग्वोटेमाला सहित १५ देशले डब्ल्युएचओ प्रमुखलाई यस एजेन्डामा ताइवानको सहभागिताको प्रश्नलाई समावेश गर्न पत्र लेखेको थियो । तर यसमा अमेरिका आफै भने समावेश थिएन ।

सन् १९४९ माआत्सेतुंगको नेतृत्वमा कम्युनिस्ट पार्टीले चियांग काइ सेकको नतृत्वमा रहेको कुमिंग तांग सरकारलाई अपदस्त गरेको थियो । त्यसपछि चियांग काइ सेक ताइवान द्विपमा पलायन भइ आफनो सरकार गठन गरेका थिए । त्यतिबेला देखि नै ताइवान आफै रिपब्लिक अफ चाइना मान्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्