हाइड्रोक्सिक्लोरोक्विन सेवन गर्दै ट्रम्प



वासिंगटन (एजेन्सी)

मलेरिया रोगको उपचारमा प्रयोग हुने हाइड्राक्सिक्लोरोक्विन कोरोना संक्रमणका लागि उपयोगी हुने बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उ आफै उक्त औषधी सेवन गरिहेको बताएका छन् ।

त्यहाँका सरकारी विशेषज्ञहरुले यो एन्टि मलेरिया औषधी कोविड १९ रोग विरुद्ध लड्न नसक्ने भनिरहँदा ट्रम्पको उक्त कुरा बाहिर आएको हो । ट्रम्पले यो औषधीलाई लिएर ठूलो दावी गरेका थिए र भारतबाट यसको सबैभन्दा धेरै परिमाण झिकाएको थियो । भारत यो औषधीको सबैभन्दा ठुलो उत्पादक हो ।

आफनो जाँचमा कोरोना भाइरस परिक्षण नेगेटिव आएको बताउँदै ट्रम्पले आफुसँग यसको कुनै लक्षण पनि नभएको जानकारी दिए । सावधानीका लागि डेढ हप्तादेखि औषधी सेवन गरिरहेको राष्ट्रपतिले जानकारी दिए । उनले भने – म हरेक दिन औषधी लिन्छु । यो औषधी जिन्कबाट बनेको छ ।

ट्रम्पले भने – मलाई लाग्छ यो राम्रो छ । मैले यस विषयम धेरै राम्रो कुरा सुनेको छु ।
उनको आफ्नै सरकारको नियमकहरुले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगलाई लिएर सचेत गराइरहेको भएपनि राष्ट्रपति ट्र्रम्प यस औषधीको प्रचारमा देखिएका छन् ।

उनले भने – तपाईलाई अचम्म लाग्ला कि मानिसहरु यो लिइरहेका छन्, विशेषगरी फ्रन्टलाइनमा काम गर्नेहरु । कयौं फ्रन्टलाइन वकर्सहरुले लिइरहेका छन् । म पनि लिइरहेको छु । म हाइड्रोक्सिक्लोरोक्विन अझै लिइरहेको छु । केही हप्त पहिला मैले लिन थालेको हो ।

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको आंकडाले ९० हजार पार गरिसकेको छ भने १४ लाख भन्दा बढी नागरिक यसको चपेटामा आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्