गोप्य मिसनमा अमेरिकी रकेट !



वासिंगटन,(एजेन्सी) । 

अमेरिकी वायु सोले एउटा गोप्य मिसनका लागि एक्स –३७ बि अन्तरिक्ष विमान बोकेको एटलस भि रकेटको सफल प्रक्षेपण गरेको अमेरिकी सरकारी अधिकारीहरुले बताएका छन् । आइतवार यो रकेट केप क्यानाभलबाट प्रक्षेपण गरिएको हो ।

मौसम खराबीको कारण शनिवार नै प्रक्षपण गर्ने पुर्व योजा स्थगित हुन पुगेको थियो । अर्विटल टेस्ट भेहिकल ( ओटिभी ) को नामले पनि चिनिने यस विमानले पृथ्वीको कक्षमा एउटा भूउपग्रह तैनाथ गर्ने तथा उर्जा करिण प्रविधिको पनि परिक्षण गर्ने बताइएको छ ।

यो विमानको अन्तरिक्षमा यो समेत छैठो मिसन हो । विश्वव्यापि कोरोना भायरस महामाारी विरुद्ध अग्रमोर्चामा रहेर मानव सेवामा संलग्न व्यक्तिहरु प्रति यो प्रक्षेपण समर्पित रहेको उल्लेख गरिएको छ । साथै रकेटमा ‘ अमेरिका शक्तिशाली छ ’ भन्ने सन्देश लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्