अमेरिकीलाई निष्कासित गरिने छ : खामेनी



तेहरान,(एजेन्सी) ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आइतवार मध्य पुर्वबाट अमेरिकी फौज फिर्ता लाने इरानको माग दोह¥याउँदै इराक , इरान र सिरियाबाट अमेरिकीहरुलाई निष्कासन गरिने चेतावनी दिएका छन् ।

गत ३ जनवरीमा इराकको राजधानी बग्दाद स्थित एउटा विमानस्थलमा इरानी सैनिक कमान्डर कास्सेम सोलेमानको अमेरिकी ड्रोन विमान आक्रमणमा मारिएपछि इरान र अमेरिकाबिचको तनाव चरम चुलीमा पुगेको थियो ।

त्यसको प्रत्युक्तरमा केहि दिनपछि इरनले इराक स्थित एउटा अमेरिकी सैनिक अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । खामेनीको आफ्नै वेवसाइटमा राखिएको बिद्यार्थीहरुलाइृ सम्बोधन गरिएको भाषणमा उनले भनेका छन् , ‘ अमेरिकीहरुको अफगानिस्तान , इराक र सिरियामा देखिएको गतिविधिको कारण तिनीहरु सबै घृणाको पात्र बनिसकेका छन् ।

त्यसैले तिनीहरुलाई निष्कासन गरिन लागेको हो । गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पले खाडीको जलिय क्षेत्रमा अनावशयक तनाव दिन खोज्ने कुनै पनि इरानी जहाजमाथि आक्रमण गर्न अमेरिकी नौ सेनालाई आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्