स्वास्थ्य प्रणाली ध्वस्त हुने स्थिति



रियो दि जेनेरो,(एजेन्सी) ।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको मेयर ब्रुनो कोभासले सोमवार कोरोना महामारीग्रस्त बिरामीहरुको संख्याको चाप अत्यधिक भएको र माग अनुरुप अस्पतालहरुमा आपतकालिन शैया नभएका कारण स्वास्थ्य प्रणाली नै ध्वस्त हुन लागेको चिन्ता व्यक्त गरेका छन् ।

कोभासले शहर भरिका सरकारी अस्पतालहरुका नब्बे प्रतिशत शैया भरि सकेको र करिव दुई साता भित्र अस्पतालमा नयाँ बिरामीका लागि ठाउँ नहुने बताएका छन् । कोभिड १९ बाट सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरु मध्ये एक ब्राजिलको साओ पाउलोमा अहिले सम्ममा झण्डै तीन हजार व्यक्तिले जयन गुमाइसकेका छन् ।

शनिवार ब्राजिलले स्पेन र इटालीलाई उछिन्दै विश्वम सबैभन्दा बढि संक्रमित रहेको सुचिको चौंथो स्थानमा रहन पुगेको थियो । स्वास्थ मन्त्रालयले विगत चौबिस घन्टा भित्र नयाँ ७ हजार ९ सय ३८ जना संक्रमत थपिएपछि कूल संख्या २ लाख ४१ हजार नाघेको जनाएको छ । यस मामिलामा ब्राजिल अगाडि क्रमश वेलायत , रसिया र अमेरिका रहेका छन् । ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा विगत चौबिस घन्टामा ४ सय ८५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्