उत्तर कोरियामा किम द्वयको तस्वीर हटाईयो



प्योंगयांग (एजेन्सी)

उत्तर कोरियाली राजधानी प्योंगयांगको मेन स्क्वायरमा राखिएको किम जोंग उनका हजुरबुबा तथा देशका संस्थापक नेता किम इल सुंग र पिता किम जोंग इलका ठूला तस्विरहरु हटाएपछि उत्तर कोरियालाई लिएर फेरी नयाँ अनुमान हुन थालेको छ ।

सोलको एनके न्युज अनुसार उक्त स्थानमा मर्मत सम्भार भइरहेको छ, तर अंग्रजी समाचार वेबसाइट एक्सप्रेसडटयुकेका संवाददाता रे केलीले पछिल्लो पटक यस प्रकारको कार्य किम जोंग इलको मृत्यु भएको समयमा भएको बताए ।

केलीका अनुसार स्क्वायर धेरै ठुलो छ र त्यसको नविकरण तथा पुनसंरचनाको आवश्यक छैन । नयाँ स्थान निकाल्नुको पछाडी त्यहाँ तेस्रो पोट्रेट लगाउनु पर्ने भएकै कारण हुन सक्ने उनले आंशका ब्यक्त गरे । यो चोकको सन् २०१२ पछि पुन संरचना भएको छैन ।

एनके न्युजले स्याटलाइटबाट लिइएको तस्विरका आधारमा प्रमुख अवलोकन मन्च पनि हटाइएको दावी गरेको छ ।

केही समय बेपत्ता रही गत मे २ मा एक झलक देखिन आएका उत्तर कोरियाली नेता किम जोंग उन करिब दुई हप्ता देखि फेरी बेपत्ता छन् । अहिले उनको विषयमा उनी वान्सान फिर्ता गएको बताइएको छ । भू-उपग्रह तस्विरमा उनका डुंगा देखिएको आधारमा उक्त अनुमान गरिएको हो ।

यसअघि मजदुर दिवसका अवसरमा उनी सार्वजनिक हुँदा पनि देखिएको ब्यक्ती वास्तवमा किम नभई उनको जस्तै अनुहार भएको ब्यक्ती भएको हल्ला चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्