कोरोनाको औषधी पत्ता लागेकाे दावी



क्यालिफोर्निया (एजेन्सी)

अमेरिकाको क्यालिफोर्निया स्थित एक कम्पनीले कोरोना भाइरस संक्रमणको उपचार खोज गरेको दावी गरेको छ । बायोटेक कम्पनी सोरेन्टो थेरापेटिक्सले यस महामारीको उपचारका लागि उसले एसटीआई-१४९९ नामक एन्टिवडी तयार गरेको जनाएको छ ।

यसले कोरोनाको संक्रम फैलनबाट सतप्रतिशत रोक्ने दावी गरिएको छ । यसअघि इजरया र इटाली पनि कोरोना भाइरसको खोप विकास गरेको दावी गरेका थिए ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा यो एन्टबडी कोरोना भाइरसलाई मानव कोशिकामा संक्रमण फैलाउनबाट सय प्रतिशत रोक्ने भनिएको छ । कम्पनीले अहिले न्युयोर्क माउन्ट सिनाइ स्कुल अफ मेडिसिनसँग मिलेर कयौं एन्टिबडी तयार गर्ने काम गरिरहेको सन्चार रिपोर्टमा जनाइएको छ । कम्पनी एक महिनामा एन्टिबडाका २ लाख डोज तयार गर्न सक्ने उल्लेख गरिएको छ ।

कम्पनीले अब एन्टीबडीको प्रयोग गर्न अनुमतिका लागि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनमा आवेदन दिएको छ । कम्पनीले इमरजेन्सी आधारमा अनुमतिको माग गरेको छ । विश्वभरी कोरोना भाइरस महामारीको चपेटामा करिब ५० लाखको हाराहारीमा आइसकेको छ । यस घातक महामारीले ३ लाख ९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप तयार नभएपनि देशमा लकडाउनको स्थिति खुला हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्