स्विडेनमा खतराकाे घण्टि बज्याे



स्टकहोम,(एजेन्सी) ।

अत्यन्तै खतरनाक ढंगले कोरोना भाइरस महामारी फैलिरहेपनि विश्वका अन्य मुलुकहरुका तुलनामा त्यति गम्भीर नदेखिएको अनौठो राष्ट्रको रुपमा स्विडेनले आफुलाई प्रस्तुत गरिरहेको छ । कोभिड १९ को कारण अहिले स्विडेनमा मृत्युदर १२ प्रतिशत भन्दा माथि पुगेको छ ।

विहिवार मात्र १ हजार जना भन्दा बढि व्यक्ति संक्रमित भएपछि स्विडेन कोरोनाको कारण सबैभन्दा खतरामा परेका विश्वका राष्ट्रको सुचिमा छैठौं स्थानमा उक्लेको जोहन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । स्विडनेको संक्रमित मृत्युदर संख्या अहिले कोरोनाको केन्द«विन्दुको रुपमा देखिएको संयुक्त राज्य अमेरिकाको तुलनामा झण्डै दोब्बर रहेको देखिन्छ ।

अमेरिकाको अहिलेको औसत मृत्युदर ५ दशमलव ८ प्रतिशत रहेको छ । कोभिड १९ को शुरुवात भएको चीनको हुवेइ प्रान्तको उहान शहरमा मृत्युदर ५ दशमलव ५ प्रतिशत रहेको थियो ।

शुरु देखि नै युरोपका अन्य छिमेकीहरु अत्यन्तै गम्भीर ढंगले यो महामारी रोकथाम र नियन्त्रणका लागि लागिरहेकाबेला देखि नै विवादास्पद ढंगले स्विडेनले देशव्यापि लकडाउन समेत लागु गरेको थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विडेनले यस्तो लापरवाहीको परिणाम नराम्ररी चुकाउनु पर्ने चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्