डेमोक्रेट्सद्वारा ट्रम्पको विरोध



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी डेमोक्रेटहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश विभागको आन्तरिक निगरानी निकायका एक जना वरिष्ठ कर्मचारीलाई वर्खास्त गरेको घटनामाथि अनुसन्धान शुरू गरेका छन् । महानिरीक्षक स्टिव लिनिकले कार्यालयमा विदेश मन्त्री माइक पोम्पियोबाट अधिकार दुरुपयोग भएको आशंकामा अनुसन्धान गरिरहेका थिए ।

तर, ट्रम्पले शुक्रबार राति अचानक आफ्नो पूर्ण आत्मविश्वासलाई कायम राख्न नसकेको आरोपमा उनलाई बर्खास्त गरेका थिए । कांग्रेसमा वरिष्ठ डेमोक्रेटहरूले ट्रम्पको यस कदमलाई कडा शब्दमा आलोचना गरेका छन् ।

तिनीहरूले आफ्नो सरकारको काममा हस्तक्षेप गर्न खोज्ने सरकारी कर्मचारीलाई पूर्वाग्रह राख्दै ट्रम्पले कारबाही गरेको आरोप लगाएका छन् । केही सातायता सरकारको अवैध गतिविधिमाथि अनुगमन गर्ने क्रममा जागिरबाटै हटाइएका लिनिक तेस्रो सरकारी कर्मचारी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्