सामाजिक प्रतिष्ठाका नाममा दुई किशोरीको आफ्नै परिवारद्वारा हत्या



इस्लामावाद,(एजेन्सी) ।

‘ सामाजिक प्रतिष्ठाका लागि हत्या ’ को नाममा उत्तर पश्चिमी पाकिस्तानमा १६ र १८ वर्षका दुईजना किशोरीको हत्या भएको छ । तिनीहरुको एउटा भिडियो इन्टरनेट मार्फत भाइरल भएपछि तिनीहरुलाई परिवारकै सदस्यहरुले उत्तर र दक्षिण वाजिस्तानको आदिवासी जिल्लाहरु नजिकको एउटा गाउँमा गोली हानी मारिएको जनाइएको छ ।

प्रहरीका अनुसार एकजना युवकसंगको तिनीहरुको छोटो भिडियो फुटेज सामाजिक संजालमा देखिएको केही समय पछि नै तिनीहरु मारिएका हुन् । यस घटना माथि छानविन गर्नका लागि घटना भएको विकट ग्रामिण क्षेत्रमा प्रहरी परिचाल भइसकेको छ ।

यो घटना विहिवार अपरान्ह खाइवरको वाजिरस्तानको सिमा क्षेत्रको साम प्लेन ग्यार्योम गाउँमा भएको हो । पाकिस्तानी दैनक अखवार डनलाई प्राप्त् सो फुटेजमा कुनै निर्जन स्थानमा एक युवक तिनजना कलिला किशोरीहरुका भिडियो खिचिरहेको देखिन्छ । सामाजिक अभियन्ताहरुका अनुसार पाकिस्तानमा वर्षेनी करिव एक हजार महिलाको परिवारको प्रतिष्ठाको नाममा ज्यान जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्