इजरायलका लागि चिनियाँ राजदूत डु वेई मृत भेटिए



एजेन्सी ।

इजरायलका लागि चिनियाँ राजदूत डु वेई मृत भेटिएका छन् ।

५८ वर्षीय राजदूत डु वेई आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा सुतिरहेको अवस्था मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि युक्रेनका लागि राजदूत रहेका वेई फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए ।

घटनाबारे थप अनुसन्धान चलिरहेको चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्