ट्रम्पद्वारा जनतालाई आह्वान गर्न हलिवुड मुभी क्लीप



वासिंगटन (एजेन्सी)

कोरोना संक्रमण अनियन्त्रित अवस्थामा रहेको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफनो अनौथो ब्यवहारले चर्चामा आउन छाडेको छैन । विशेष गरी ट्रम्पको ट्विटले उनका समर्थक तथा विरोधी दुबैलाई पर्याप्त मसला दिने गरेको छ ।

ट्रम्पले आइतबार आफनो ट्विटर अकाउन्टमा एक हलिवुड फिल्म इन्डिपेन्डेन्स डेको क्लिप साझा गरेका छन् । यसमा फिल्मका अमेरिकी राष्ट्रपतिको भुमिकामा रहेका नायक थोमस जे विटमोरको टाउको स्थानमा डोनाल्ड ट्रम्पको अनुहार लगाइएको अर्थात मर्फ गरिएको छ ।

यस फिल्मका नायक अर्थात अमेरिकी राष्ट्र्रपतिको भुमिकामा रहेका जे विटमोरले भनेको छ – मानवता, आज सबैका लागि यो शब्दको अत्यन्त महत्वपुर्ण बनेको छ । अब आफना ससाना मतभेदमा अल्झिने समय होइन । हामी हाम्रा साझा हितका लागि एकजुट हुनेछौं । सायद यो नियति हो कि आज जुलाइ ४ हो हामी फेरी आफनो स्वतन्त्रताका लागि जकजुट भएका छौं । यो लडाई अत्याचार वा उत्पिडन विरुद्ध होइन , विनास विरुद्ध हो ।

सन् १९९६ को यो ब्लक बस्टर फिल्म पृथ्वीलाई ध्वस्त पार्न आएका एलियनसँगको लडाइमा आधारित हो । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको तुलाना फिल्ममा घातक एलियन्ससँग गर्दै आफना जनतालाई आह्वान गर्ने यो अनौथो तरिका अपनाएको हो ।
कोरोना संक्रमणको सबैभन्दा नराम्रो चपेटामा परेर दुख पाइरहेको बेलामा राष्ट्र्रपतिको यो नौटकींलाई लिएर उनका विरोधी तथा सर्वसाधारणले ब्यापक आक्रोस ब्यक्त गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्