एकल नागरिकलाई यौन पार्टनर खोज्न सरकारको सल्लाह



आम्स्टर्डम (एजेन्सी)

नेडरल्यान्ड सरकारले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनका क्रममा नागरिकलाई आफना सेक्स पार्टनर खोज्न सल्लाह दिएको छ । यहाँको नेसनल इन्स्टिच्युट फर पक्लिक हेल्थ एन्ड इनभारोमेन्टले जारी गरेको एक विज्ञप्तीमा एक्लै बस्दै आइरहेकाहरुका लागि पार्टनर खोज्न भनिएको छ । तर उनीहरुको सेक्स पार्टनरलाई कोरोना भाइरस संक्रमण छ भने उबाट बच्न सचेत पनि गरेको छ ।

लकडाउनमा यौनमा लिप्त रहने सल्लाह जारी गरेकोमा सरकारको आलोचना भइरहेको छ । आलोचना आएपछि डच सरकारले सफाई दिँदै यौनको सल्लाह जारी नगरेको स्पष्टिकरण दिएको छ । यसलाई गलत तरिकाले बुझको सरकारले जनाएको छ । कोरोना भाइरस संक्रमण रोक्न नेडरल्यान्डमा लकडाउन लागु गरिएको छ र नागरिकलाई सामाजिक दुरीको पालना गर्न पनि सल्लाह दिइरकेको छ ।

मे १४ मा जारी गरिएको दिशानिर्देशमा कोरोना भाइरस महामारीका क्रममा शारीरिक सम्बन्ध बनाउने क्रममा एक्लै बसिरहेकाहरुले अत्यन्त सावधानी अपनाउनु पर्ने उल्लेख गरिएको छ । उनीहरुले आफनो पार्टनरको कोरोना भाइरस संक्रमणका बारेमा जानकारी लिन आवश्यक छ ।

नेडरल्यान्डमा कोरोना संक्रमित ४३ हजार ८ सय ८० पुगिसकेको छ भने ५ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्