१०८ ले पछार्यो कारोनालाई



न्युजर्सी (एजेन्सी)

कोरोना भाइरस संक्रमणले अहिलेसम्म सबैभन्दा धरैको मृत्यु अमेरिकामा भएको छ । यो रोगले धेरैजसो बृद्धहरुलाई आफनो सिकार बनाइरहेको छ । तर यसता केही चमत्कारिक घटनाहरु यसअघि पनि देखिएका छन् जसले यो घातक विषाणुलाई पछार्न उमेर नै बाधक होइन भन्ने प्रमाणित गरेका छन् ।

१०८ बर्षीय सिल्विया गोल्डशोल सन् १९१८ को स्पेनिस फ्लुको महामारी देखि कोरोना भाइरसको त्रासदीसम्मको साक्षी बनिसकेकी छिन् । अब उनी आफुलाई सर्भावर बताउँछिन् । अमेरिकाको न्युजर्सीमा एलेनडेलमा एक नर्सिंग होममा बस्दै आइरहेकी सिल्वियाले कोरोनालाई जितरे एक योद्धा बनिसकेकी छन् ।

सन् १९१८ मा स्पेनिस फ्लु आएको थियो । त्यतिबेला सिल्भिया ७ बर्षकी थिइन् । उक्त फ्लुले करिब ५ करोडको ज्यान लिएको थियो । उनले भनेकी छिन्- म जसरी पनि यसबाट बाहिर आएँ, किनभने म दृढ थिएँ । मलाई हरेक सुचीमा टपमा आउनु थियो ।

चार भाइबहिनीमा उनी सबैभन्दा जेठी हुन् । करिब २० बर्ष पहिला सिल्विया न्युजर्सीमा आएर बसेकी हुन् । न्युजर्सीका गभर्नर फिल मर्फीले ट्विट गरी सिल्वियालाई स्यालुट पनि गरे ।

ददददददद

प्रतिक्रिया दिनुहोस्