कोरोना संक्रमितमा रगत जम्ने खतरा



लन्डन,एजेन्सी ।

कोरोना भाइरस संक्रमणबाट सिकिस्त बिरामी परेकाहरु मध्ये ३० प्रतिशतमा शरिरको रगत जम्ने खतरनाक समस्या देखा परेको चिकित्सा विशेषज्ञहरुले बताएका छन् ।

तिनीहरुले चिकित्सकीय भाषामा थ्रोम्बोसिस भनिने यस समस्याका कारण पनि धेरै मानिसहरुको ज्यान गइरहेको हुनुपर्ने दावी गरेका छन् ।

सामान्य मानव शरिरमा भाइरस छिरेपछि फोक्सोमा हुने अत्यन्त पोलाईको कारण यो समस्या सिर्जना हुने गरेको अनुमान गरिएको छ । यो गम्भीर थ्रोम्बोसिस समस्या बिरामीको खुटामा देखिने गरेको पाइएको छ ।

यो समस्या शरिरको माथिल्लो भाग हुँदै फोक्सोमा पुगेपछि प्राणघातक सावित हुने पनि स्वास्थ विशेषज्ञहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्