माउथवासले कोरोना संक्रमण रोक्न सक्छ



वासिंगटन,एजेन्सी ।

कोरोना भाइरससँग लड्ने तरिकाको खोजमा सम्पुण विश्व नै लागिरहेको छ । यसबीच एक नयाँ रिपोर्टमा यस भाइरस संक्रमण अगाडी भाइरसलाई नष्ट गर्न माउथवासको उपयोगी हुने कुरा बाहिर आएको छ । कोरोना भाइरसको वाहिरी हिस्सामा एक प्रकारको बासोको लेयर हुन्छ जसलाई केही केमिकले नष्ट गर्न सक्छ ।

अनुसन्धानकर्ताहरुको एक टोलीले माउथवासको मद्दतबाट यो बाहिरी बोसोको पत्र नस्ट गर्न सक्ने र यसबाट मुख वा घाँटीमा पुन भाइरस बढ्न नसक्ने पत्ता लगाएको छ ।

माउथवासले संक्रमणबाट बचाउन सक्छ यसको कुनै प्रमाण भेटिएको छैन तर माउथवास कति प्रभावकारी छ, जान्नका लागि यसको परीक्षण छिटो हुन आवश्यक भएको वैज्ञानिकहरुले बताएका छन् । यस शोधका लेखकले माउथवासमा प्रयोग गरिने कमिकल्समा अनुसन्धान हुनु पर्ने बताए । यो टोलीमा कयौं वायरोलोजिस्ट, लिपिड साइन्टिस्ट र स्वास्थ्य चिकित्सा विज्ञहरु थिए ।

कार्डिफ युनिभर्सिटीको स्कुल अफ मेडिसिन र नटिंगम कोलोराडो, ओटावा, बार्सिलोना र क्याम्ब्रिज इन्स्टिच्युटले मिलेर यो शोध गरेको हो ।
एक शोधमा टेस्ट ट्युब परीक्षण र सिमित परीक्षणमा माउथवासमा भाइरसलाई नोक्सान पुर्याउने केमिकल्स भएको पत्ता लागेको छ । यसले लिपिड्सलाई निसाना बनाउँछ ।

यस्तै खालको लिपिडेस भाइरसको वाहिरी सतहमा हुन्छ । तर माउथवासले त्यसतै सार्स कोव २को लेयरमा पनि असर गर्छ वा गर्दैन यकिन भएको छैन । त्यसैले पनि यस विषयमा चाँडो भन्दा चाँडो अनुसन्धान आवश्यक भएको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्