अमेरिकामा ‘अपरेसन वार स्पिड’



वासिंगटन,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैवर्षको अन्त्य सम्ममा कोरोना भाइरस विरुद्धको खोप निकाल्ने सरकारी लक्षबारे बोल्ने क्रममा ‘ खोप भेटिए पनि वा नभेटिए पनि ’ अमेरिकाको जनजीवन पुन सुचारु हुने बताएका छन् । उनले ‘ अपरेसन वार स्पिड ’ नाम दिइएको उक्त खोप परियोजनालाई दाश्रो विश्व युद्धको विश्वै पहिलो पारमाणविक हतियार विकास गर्ने प्रयाससंग तुलना गरेका छन् ।

तर अधिकांश बैज्ञानिक ता स्वास्थ सम्बनधी विशेषज्ञहरुले एक वर्ष भित्र कोरोना विरुद्धको खोप विकास हुनसक्ने कुरामा शंका व्यक्त गरिरहेका छन् । शुक्रवार व्हाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलन दौरान ट्रम्पले खोप तयारका लागि आवेदन दिने १४ वटा कम्पनीसंग सो परियोजना अघि बढाइने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्