चीनद्वारा अमेकिालाई पैसा तिर्न आग्रह



बेइजिंग, एजेन्सी ।

चीनले शुक्रवार एउटा औपचारिक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघ ( युएन ) का समपूर्ण सदस्य राष्ट्रहरुलाई युएनलाई तिर्न बाँकी रकम भुक्तानी गरी सहयोग गरिदिन आब्हान गरेको छ ।

संयुक्त राज्य अमेरिकाले मात्र संयुक्त राष्ट्र संघलाई अझै दुई अर्व अमेरिकी डलर भन्दा बढि रकम भुक्तानी गर्न बाँकी छ ।१४ मे सम्मको युएनलाई तिर्न बाँकी कूल रकम मध्ये युएनको नियमित बजेट र शान्ति सेना परिचालन बजेट अन्तर्गत क्रमशः १ अर्व ६३ करेड र २ अर्व १४ करोड डलर रहेको संयुक्त राष्ट्र संघको महासचिवको कार्यालयमा विहिवार बसेको बैठकले जनाएको छ ।

११ मेमा महासचिव एन्टोनियो गुटेर्रेसले आथिक् अभाबको कारण वर्षको मध्यदेखि नै संयुक्त राष्ट्रसंघको काममा ढिलाई हुन जाने चेतावनी दिएका थिए । संयुक्त राष्ट्र संघका १ सय ९३ सदस्य राष्ट्र मध्ये पूरा पैस बुझाउने करिव ५० मुलुक मध्ये चीन पनि एक हुन् ।

प्रतिक्रिया दिनुहोस्