इटालीमा यातायात सुचारु हुने



मिलान,एजेन्सी ।

विश्वव्यापि कोरोना भाइरस महामारीको कारण लगाइँदै आएको लकडाउन खुकुलो गर्ने क्रममा आगामी ३ जुनदेखि देश बाहिर जान र बाहिरबाट आउन अनुमति दिने सम्बन्धी आदेशाज्ञामा इटाली सरकारले शनिवार हस्ताक्षर गरेको छ ।

सोहि दिन देखि इटाली भित्रकै विभिन्न क्षेत्रहरुबचिको आवतजावत पनि पुर्ववत खुल्ला गरिने भएको छ । साढे दुई महिना भन्दा लामो समय देखिको लककडाउनपछि मुुलकको अर्थतन्त्र पुन खोल्ने प्रमुख कदमको रुपमा यातायात खुल्ला गरिन लागेको एकजना सरकारी प्रवक्राले बताएका छन् ।

इटाली कोभिड १९ संक्रमण्को कारण सबैभन्दा बढि जनता गुमाउने मुलुकहरु मध्ये एक हुन् । यस सुचिमा संयुक्त राज्य अमेरिका र संयुक्त अधिरज्य पछि तेश्रो स्थानमा रहेको इटालीमा ३१ हजार ६ सय जना भन्दा बढि व्यक्तिले ज्यान गुमाएका थिए ।
फेब्रअरीमा आफ्नो मुलुकको उत्तरी भागमा कोरोना भाइरसका घटनाहरु देखिन थालेपछि राष्ट्रभरि लकडाउन लागु गर्ने इटाली युरोपको पहिलो मुलुक हो।

प्रतिक्रिया दिनुहोस्