चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की



वासिंगटन (एजेन्सी)

कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमणले जति जति विकराल रुप लिँदै गयो राष्ट्रपति ट्रम्पको चीन विरुद्धको आक्रमण त्यति नै कडा बन्दै गइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व कोरोना फैलिरहेको मुद्दालाई लिएर चीनसँग सबै सम्बन्ध तोड्ने धम्की दिएको छ ।

यस घातक विषाणुको संक्रमणले विश्वभरी करिब ३ लाखको ज्यान लिइसकेको छ , जसमा ८० हजार भन्दा धरै अमेरिकी छन् । एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा ट्रम्पले भने, धेरै कुरा छन्, जुन हामी गर्न सक्छौं । हामी सबै सम्बन्ध तोड्न सक्छौं ।

विगत कयौं हप्ता देखि राष्ट्रपति ट्रम्पमाथि चीन विरुद्ध कारवाही गर्न दबाव बढिरहेको छ । एक प्रश्नको जवाफमा ट्रम्पले अहिले आफु राष्ट्रपति सी जिनपिंगसँग वार्ता गर्न नचाहेको बताए । यद्यपी सीसँग आफनो राम्रो सम्बन्ध भएको उनले बताए ।

चीनले उनलाई निरास पारेको ट्रम्पले बताए । अमेरिकाले चीनसँग पटक पटक कोरोना भाइरसको उत्पतीको जाँचका लागि अन्तराष्ट्रिय समुदायलाई वुहानको प्रयोगशालामा जाने अनुमति दिन भनेको तर चीनले त्यसलाई नमानेको ट्रम्पले बताए ।

यसबीच ट्रम्प प्रशासनले चीनबाट अर्बौं डलरको अमेरिकी पेन्सन कोष लगानी फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना कहर भयावह बनिरहँदा अमेरिका र चीनबीच दक्षिण चीन सागरमा पनि तनावको स्थिति बनेको छ ।

फोक्स विजनेससँगको कुराकानीमा ट्रम्पले भने ( हो, अर्बौ डलर मैले फिर्ता गरेको छु ।

स्टक एक्सचेन्ज र नास्डाकमा सुचीबद्ध हुनका लागि आवश्यक सर्त पूरा गर्न चिनियाँ कम्पनीहरुलाई दबाव दिने विषयमा सोधिएको एक प्रश्नको जवाफमा ट्रम्पले भने – हामी अत्यन्त गम्भिरता पुर्वक हेरिरहेका छौं । यो अत्यन्तै हैरान पार्न सक्छ तर यसमा केही समस्या छ । उनीहरु के गर्न गइरहेको छ ? उनीहरु आफनो कम्पनी लन्डन वा अन्य कतै लिस्ट गर्नेछ, हेर्दै जानुस ।

यसबीच चीन अमेरिकी सिनेटमा कोरोना भाइरसको मुद्दामा बेइजिंग विरुद्ध प्रतिबद्ध प्रस्ताव ल्याउने अमेरिकी सांसदहरुमाथि कारवाही गर्ने सोचिरहेको छ । चीन सरकार आफुमाथि आक्रोस पोखिरहेको कांग्रेस सदस्य जिम ब्यांक्सले बताए ।

प्रतिक्रिया दिनुहोस्