एक्लोपना हटाउन रेस्टुरेन्टमा मानव पुतला म्यानिक्वनको प्रयोग



वासिंगटन, (एजेन्सी) ।

अमेरिका र युरोपमा कोरोना भाइरसले भयानक विध्वंश मच्चाइरहको छ । महिनौं बितिसक्दा पनि स्थितिमा सुधार हुने लक्षण आइरहेको छैन । भाइरस संक्रमणको रोकथामका लागि चालिएको कठोर लकडाउनको कदमले विश्वकै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगिसकेको छ ।

त्यसैले युरोप तथा अमेरिका लगायत केही देशले लकडाउन खुकुलो पारिसकेको र खुलाएको अवस्थामा छ । तर लकडाउन खुला गरेपछि पनि भाइरस रोकथामका लागि आवश्यक कदम उठाउनु पर्ने नै हुन्छ । सामाजिक दुरी बनाउनु पर्ने त्यो कदममा पर्छ जसलाई सबैले जारी राख्नु पर्नेछ ।

यस क्रममा अमेरिकी राज्य भर्जिनियाको ग्य्रान्ड होटलमा यसका लागि विशेष तयारी देखिएको छ । लकडाउन पनि यहाँ आउने ग्राहकलाई खाना खानका लागि एक साथी पनि ब्यवस्था गरेको छ । जसलाई सारीरिक दुरी बनाउने क्रममा एक्लोपनाको आभास हटाउने उद्देस्यले राखिएको हो ।

भर्जिनियाको यो चर्चित होटेलको आफनो विशेष साजसज्जा र अनुभवका लागि विशेष ख्याति छ । यहा डीसी इलाकाका वासिन्दा विशेष ग्राहक हुने गरेको छ । मे २९ देखि खोल्न गइरहेको यस होटलले नौलो प्रयोग गर्दै ग्राहकसँगैको खाली कुर्सीमा मानव आकृतिका पुतला म्यानिक्वनलाई बसाइएको छ । यसले सामाजिक दुरीको पालना पनि हुने र एक्लोपनाको महसुस पनि हुन नदिने सन्चालकले बताए ।

यद्यपी केहीले यसलाई अत्यन्तै अनौथो मानिरहेका छन् । म्यानिक्वनसँगै बसेर खाना खाँदा केहीलाई एक्लोपनाको अनुभव नगरेपनि यो अत्यन्तै असहज पनि हुन सक्छ । वास्तवमा यो होटल आफनो फरक तरिका र महत्वाकांक्षका लागि चर्तित छ ।
यसतै खालको प्रयोग थाइल्यान्डको एक रेस्टुरेन्टमा पनि देखिएको थियो । जहाँ खाली सिटमा पान्डाको पुतला बसाइएको थियो । यहाँ पनि सामाजिक दुरीलाई ध्यान राख्दै सिटहरु खाली राखिएको थियो । यद्यपी मानव पुतलाको तुलनामा यसलाई धेरै मनराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्