कोरोना चीनबाट आएको प्लेग हो: ट्रम्प



वासिङ्टन, (एजेन्सी)

कोरोना भाइरस महामारीको सबैभन्दा ठँलो विपत्ति झेलिरहेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध आफ्नो कडा व्यवहारमा परिवर्तन गर्ने पक्षमा देखिएका छैनन्। राष्ट्रपति ट्रम्पले फेरि एकपटक चीनलाई आक्रमण गर्दै कोरोना चीनबाट आएको प्लेग भएको बताएका छन्।

यसअघि पनि अमेरिकामा चीनविरुद्ध एक विधेयक पारित गरिएको थियो। चीनमाथि अमेरिकाले लगातार जानकारी लुकाएको र ढिलो गरी कदम चालेको आरोप लगाउँदै आएको छ।

ट्रम्पले बुधबार ट्विट गरे– ‘जस्तो मैले पहिले पनि भनें कि चीनसँग सहमति गर्नु अत्यन्त महँगो हुनेछ। हामीले एक अत्यन्त राम्रो व्यापार सम्झौता ग¥यौं। मसी भर्खर सुकेको मात्र थियो, विश्वमा चीनबाट प्लेग आयो। १ सय व्यापार सम्झौताबाट पनि कुनै फरक नपर्ने रहेछ, तिनीहरू सबैले आफ्नो निर्दोष ज्यान गुमाए।’

यसैबीच अमेरिकी संसद्मा चीनमाथि प्रतिबन्ध लगाउने विषयलाई लिएर एक विधेयक पेस भएको छ। यदि विधेयक पारित भएमा चीनले आर्थिकरूपमा धेरै ठँलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ। विधयेकमा यदि चीन कोरोना भाइरस संक्रमण फैलिनुको पछाडिका सम्पँर्ण जानकारी उपलब्ध गराउँदैन र यसलाई नियन्त्रण गर्नमा सहयोग गर्दैन भने अमेरिकाका राष्ट्रपतिलाई चीनमाथि प्रतिबन्ध लगाउने अनुमति दिनुपर्ने उल्लेख गरिएको छ।

विधेयकमा राष्ट्रपतिले ६० दिनभित्र कांग्रेसमा चीनले अमेरिका, अमेरिकाका सहयोगी वा विश्व स्वास्थ्य संगठनजस्ता संयुक्त राष्ट्रसँग सम्बद्ध संस्थाको नेतृत्व रहेको कोभिड–१९ सम्बन्धी जाँचमा पँर्ण जानकारी उपलब्ध गराएको र चीनले मांसाहारी वस्तुहरूको बिक्री गर्ने सबै बजार बन्द गरेको प्रमाणित गर्नुपर्ने उल्लेख छ।

यदि राष्ट्रपतिले यसलाई प्रमाणित गर्न सक्दैनन् भने उनलाई अमेरिकामा रहेको चीनको सम्पत्ति जफत गर्ने, यात्रा प्रतिबन्ध लगाउने, भिसा रद्द गर्ने, अमेरिकी वित्तीय संस्थाहरूलाई चिनियाँ कारोबारका लागि ऋण दिन रोक्ने र चिनियाँ कम्पनीहरूलाई अमेरिकी सेयर बजारमा सँचीकृत गर्नबाट रोक लगाउने अधिरकार दिइनेछ।

सिनेटर ग्राहमले चिनियाँ कम्प्युनिस्ट पार्टीले यदि कुरा नलुकाएको भए भाइरस अमेरिकासम्म नपुग्नेमा आफँलाई यकिन भएको बताए। चीनले अन्तर्राष्ट्रिय समुदायलाई जाँचका लागि उहान प्रयोगशालामा जाने अनुमति दिन अस्वीकार गरिसकेको छ। यदि चीनमाथि दबाब नदिने हो भने जाँचमा कहिल्यै पनि सहयोग नगर्ने आफँलाई लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्