अमेरिकाद्वारा चीनमाथि ह्याकिंग आरोप



वासिंगटन, (एजेन्सी) ।

चीनसंग आवद्ध ह्याकरहरुले कोभिड १९ महामारी सम्बन्धमा अनुसनधानरत संघ संस्थाहरुलाई लक्ष बनाइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको संघिय जाँचबुझ ब्युरो (एफबिआइ) ले आफुले कोरोना भाइरस विरुद्धको खोप , उपचार र परिक्षणमाथि अनुसन्धानरत अमेरिकी समुहहरु माथि ह्याकिंग गर्ने प्रयासहरु भएको देखिसकेको जनाएको छ ।

अमेरिकाले लामो समय देखि चिनिया सरकारमाथि साइवर जासुसी गरिरहेको आरोप लगाउँदै आएको छ । तर बेइजिंगले सो आरोप अस्विकार गर्दै आएको छ । विश्वव्यापि कोरोना महामारीलाइ लिएर पनि चीन र अमेरिकाबिच तनावको स्थिती रहेको छ । एकले अर्कालाई महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्