‘कोरोना भाइरस चीनबाट आएको प्लेग’ : ट्रम्प



वासिंगटन (एजेन्सी) ।

कोरोना भाइरस महामारीको सबैभन्दा ठुलो विपत्ती झेलिरहेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध आफनो कडा ब्यवहारमा परिवर्तन गर्ने पक्षमा देखिएको छैन ।

राष्ट्रपति ट्रम्पले फेरी एक पटक चीनलाई आक्रमण गर्दै कोरोना चीनबाट आएको प्लेग भएको बताए । यसअघि पनि अमेरिकामा चीन विरुद्ध एक विधेयक पनि पारीत गरेको हो । चीनमाथि अमेरिकाले लगातार जानकारी लुकाएको र ढिलो गरि कदम चालेको आरोप लगाउँदै आएको छ ।

ट्रम्पले बुधबार ट्विट गरे -‘जस्तो मैले पहिले पनि भने कि चीनसँग सहमति गर्नु अत्यन्त महंगो हुनेछ । हामीले एक अत्यन्त राम्रो ब्यापार सम्झौता गरेँ । मसी भरखर सुकेको मात्र थियो, विश्वमा चीनबाट प्लेग आयो । १ सय ब्यापार सम्झौताबाट पनि कुनै फरक नपर्ने रहेछ , तिनीहरु सबैले आफनो निर्दोष ज्यान गुमाए ।’

यसबीच अमेरिकी संसदमा चीनमाथि प्रतिबन्ध लगाउने विषयलाई लिएर एक विधेयक पेश भएको छ । यदि विधेयक पारीत भएमा चीनलाई आर्थिक रुपमा धरै ठुलो नोक्सान ब्यहोर्नु पर्ने हुन्छ । विधयेकमा यदी चीन कोरोना भाइरस संक्रमण फैलिनुको पछाडीका सम्पुर्ण जानकारी उपलब्ध गराउँदैन र यसलाई नियन्त्रण गर्नमा सहयोग गर्दैन भने अमेरिकाका राष्ट्रपतिलाई चीनमाथि प्रतिबन्ध लगाउने अनुमति दिनु पर्ने उल्लेख गरिएको छ ।

विधेयकमा राष्ट्रपतिले ६० दिन भित्र कांग्रेसमा चीनले अमेरिका, अमेरिकाका सहयोगी वा विश्व स्वास्थ्य संगठन जस्ता संयुक्त राष्ट्रसँग संबद्ध संस्थाहरुको नेतृत्व रहेको कोविड १९ सम्बन्धी जाँचमा पुर्ण जानकारी उपलब्ध गराएको र चीनले मांसाहारी बस्तुहरुको विक्री गर्ने सबै बजार बन्द गरेको प्रमाणित गर्नु पर्ने उल्लेख छ ।

यदि राष्ट्रपति यसलाई प्रमाणित गर्न सक्दैन भने उनलाई अमेरिकामा रहेको चीनको सम्पती जफत गर्ने, यात्रा प्रतिबन्ध लगाउने, भिसा रद्द गर्ने, अमेरिकी वित्तिय संस्थाहरुलाई चिनियाँ कारोबारका लागि ऋण दिन रोक्ने र चिनियाँ कम्पनीहरुलाई अमेरिकी सेयर बजारमा सुचिकृत गर्नबाट रोक लगाउने अधिरकार दिइनेछ ।

सिनेटर ग्राहमले चिनियाँ कम्प्युनिस्ट पार्टी यदि कुरा नलुकाएको भए भाइरस अमेरिकासम्म नपुग्नेमा आफुलाई यकिन भएको बताए । चीनले अन्तराष्ट्रिय समुदायलाई जाँचका लागि वुहान प्रयोगशालामा जाने अनुमति दिन अस्विकार गरिसकेको छ । यदि चीनमाथि दबाव नदिने हो भने जाँचमा कहिल्यै पनि सहयोग नगर्ने आफुलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्