कोरोनालाई जित्न नसेके पनि परमाणु हतियारमा पर्याप्त खर्च



जेनभा (एजेन्सी)

कोरोना भाइरस संक्रमणले चलमलाउनै नसक्ने अवस्थामा यस महामारीबाट मुक्ती पाउन छटपटाइरकोे विश्वका अधिकांश देश आर्थिक संकटको अर्को भयानक विपत्तीमा फस्दै गइरहेका छन् । कोरोनासँगको युद्धको अनिश्चित नतिजाको दबावमा रहेको विश्व आर्थिक गतिविधि थप्प हुन पुग्दा तहस नहसको स्थिति भने करिब करिब पक्का बन्दै गइरहेको छ ।

विश्वमा आफनो वर्चश्व राख्ने होडका क्रममा भयानक विनासकारी हतियार विकास गरी त्यसको थुप्रोको आडमा देखाउँदै आइरहेको घमन्डमा पनि कुनै कमी देखिएको छैन । यी देशहरु मानव शत्रु कोरोनासँगको युद्धमा पटक्कै काम नलाग्ने आफना ती हतियारको विकास तथा परिमार्जनमा यथेस्ट पैसा खर्च गरिरहेका छन् ।

जेनेभाको परमाणु हतियार नष्ट गर्ने अन्तराष्ट्रिय अभियानमा जुटेको एक संस्थाका अनुसार विश्वका १० परमाणु शक्ति सम्पन्न देशले पछिल्लो एक बर्षमा ७३ अर्ब डलर परमाणु हतियारमा खर्च गरेका छने । यो पैसा विश्वका नागरिकलाई कोरोना भाइरसबाट बचाउने अनुसन्धान, आपुर्ति तथा राहतमा खर्च गर्न सकेको भए कति फाइदा हुन सक्थ्यो अहिलेको घडिमा सोच्नु पर्ने विषय हो ।

इन्टरनेसनल क्याम्पेन टु अबोलिस न्युक्लियर विपन (आइसीएएन)का अनुसार फ्रान्स , बेलायत र अमेरिकाले जति पैसा परमाणु हतियारका लागि खर्च गरे त्यसले कम्तिमा १ लाख आईसीयु बेड, हजारौं भेन्टिलेटर खरिद गर्न सकिने र हजारौं नर्स तथा डाक्टरहरुलाई पारिश्रमिक दिन सकिन्छ ।

प्रतिवेदनमा अमेरिका, रुस र बेलायत तीनै देश आफनो परमाणु हतियारको संख्या कम गरिरहेका छन् । फ्रान्स र इजरायलको परमाणु हतियारको संख्या स्थिर छ । सबै परमाणु हतियार सम्पन्न राष्ट्र लगातार आफना ती हतियार लगातार आधुनिक बनाउनमा लागिरहेका छन् । यति मात्र होइन देशमा नयाँ नयाँ प्रविधिका अत्याधुनिक हतियार पनि थपिरहेका छन् ।

अमेरिकी सरकारले सन् २०१८ मार्चमा उसँग ३ हजार ८ सय वारहेड रहेको घोषण गरेको थियो । अमेरिकाको हतियार भन्डारमा कुल ५ हजार ८ सय परमाणु बम तयारी अवस्था वा त्यसका लागि आवश्यक सामान रिजर्वमा छ । अमेरिकाले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखमा ३५ अर्ब डलर खर्च गरेको छ । यो विश्वमा त्यसका लागि हुने खर्चको आधा हो ।

त्यसैगरी चीनसँग ३ सय २० परमाणु हतियार छ । यो तयारी अवस्थाको हो र रिजर्वमा राखिएको छ । चीनले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखमा १० अर्ब ४० करोड डलर खर्च गरेको छ ।

त्यसैगरी बेलायतसँग १ सय ९५ परमाणु हतियार रहेको छ भने यसको रेखदेख र परिमार्जनमा ८ अर्ब ९० करोड डलर खर्च गरेको छ ।

सबैभन्दा धेरै परमाणु हतियार भएको रुससँग ६ हजार ३ सय ७२ परमाणु बम छन् । रुसले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखका लागि ८ अर्ब ५० करोड डलर खर्च गरेको छ । त्यसैगरी फ्रान्सले आफुसगँ रहेको २ सय ९० परमाणु हतियारका लागि ४ अर्ब ८० करोड डलर खर्च गरेको छ ।

विश्वको विपन्न मुलकमा पर्ने भारतसँग १ सय ५० परमाणु बम छ । भारतले यसको आधुनिकिकरण तथा थप परमाणु हतियार विकास तथा रेखदेखमा २ अर्ब ३० करोड खर्च गरेको छ ।

इजरायलसँग ९० देखि १ सयको संख्यामा परमाणु हतियार रहेको मानिन्छ । इजरायलले अहिलेसम्म परमाणु हतियारको परिक्षण गरेको छैन । तर उसको परमाणु हतियार तयारी अवस्थामा रहेको बताइन्छ । इजरायलले परमाणु हतियारको परिमार्जन तथा रेखदेखमा १ अर्ब डलर खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दक्षिण एसियाको अर्को विकासोन्मुख देश पाकिस्तानसँग १ सय ६० परमाणु बम रहेको छ । पाकिस्तानले यसमा १ अर्ब डलर खर्च गरिरहेको छ । त्यसैगरी विश्वबाट एक्लिएको उत्तर कोरियासँग ३५ वटा परमाणु हतियार रहेको अनुमान गरिएको छ । उत्तर कोरियाले यसमा ६० करोड डलर खर्च गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्