बच्चाहरुमा अनौथो लक्षण, डाक्टर भन्छ- कोरोनाकै रुप



बरगामो (एजेन्सी)

इटालीको लाम्बार्डीमा बच्चाहरुको सरीरमा जलन महसुस भइरहेको छ । बरगामो सहरमा मात्रै १० वटा यस प्रकारका घटना आएको छ र अब एक अध्ययनले यो कोरोना भाइरससँग सम्बन्धित भएको दावी गरेको छ ।

डाक्टर कहाँ उपचारका लागि पुगेका ती बच्चाहरुको पुरै सरीरमा डाबरा रहेको र हातखुट्टा सुनिएको थियो । अस्पतालमा भर्ना भएका ८० प्रतिशत बच्चामा कोरोना भाइरस पोजिटिव देखिएको छ । जसमा ६० प्रतिशत मुटुसम्बन्धी समस्या जस्ता गम्भिर रोगबाट पिडित थिए । शरीर पोलेको महसुस हुने लक्षण सबैभन्दा पहिला बेलायत, इटाली र त्यसपछि स्पेनका बच्चाहरुमा देखिएको थियो ।

यो लक्षण कावासाकी रोगसँग समान छ । यो रोग अधिकांश पाँच बर्ष भन्दा कम उमेरका बच्चाहरुमा देखिएको हो । विगत ५ बर्षमा १९ बच्चामा कावासाकीको लक्षण देखिएका छन् । यो स्थिति कसरी उत्पन्न भयो भन्ने विषयमा थाहा हुन सकेको छैन । तर वैज्ञानिकहरुले संक्रमणका कारण इम्युन सिस्टममा यसको असर परिरहेको बताइरहेका छन् ।

कोविड १९ सँग सम्बन्धित हुनसक्ने ठानिएको यो नयाँ रोग पेडियाट्रिक मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोममा बच्चाको शरीरुका कयौं अंगले काम गर्न बन्द गर्न सक्छ । लाम्बार्डीको बरगामोमा फेब्रुअरी १८ देखि अप्रिल २० को बीचमा यसतो लक्षणका १० विरामी आएका थिए । चिकित्सकहरुले अभिभावकहरुलाई यदि उनीहरुको बच्चामा यस प्रकारको कुनै लक्षण देखिएमा तत्काल अस्पताल पुर्याउन सल्लाह दिइरहेका छन् । यदि सही उपचार तथा रेखदेख भएमा त्यसता विरामी अधिकांश ठीक हुने गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्