कोरोनाबारे डरलाग्दो चेतावनी



न्युयोर्क,(एजेन्सी)

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले कोरोना भाइरस सदाका लागि समाप्त हुन पनि नसक्ने चेतावनी दिएको छ ।

बुधवार पत्रकारहरुलाई डब्ल्युएचओका आपतकालिन सेवा निकायका निर्देशक डा. माइक र्यानले भाइरस कहिले सकिन्छ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिनुका साथै कोभिड १९ विरुद्धको खोप भेटिहाले पनि भाइरसलाई नियन्त्रणमा लिन अथक प्रयास गरिनुपर्ने बताएका छन् ।

अहिले सम्म विश्वभरि झण्डै ३ लाख मानिसको ज्यान गइसकेको छ भने ४३ लाख भन्दा बढि संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्