पाकिस्तानमा हिन्दू दम्पतीमाथि आक्रमण



इस्लामावाद, (एजेन्सी)

पाकिस्तानको पन्जाबस्थित एक विकट स्थानमा हिन्दू दम्पतीलाई आक्रमण गरी मरणाशन्न हुने गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । सो आक्रमणको कारण भने स्पष्ट भइसकेको छैन।

तर, हिन्दू पृष्ठभूमिबाट आएका कारणले नै तिनीहरूमाथि आक्रणम भएको हुनुपर्ने अनुमान गरिएको छ । गुलाब नामक ती पुरुषको अनुहारबाट रगत बगिरहेको तथा त्यसरी नै घाइते बनाइएकी र लुगाफाटो च्यातिएको अवस्थामा उनकी पत्नी र उनले आक्रमणका बेला चिच्याउँदै मद्दतका लागि गुहारी रहेको भिडियो फुटेज अनलाइनमा भाइरल भएको छ ।

यो घटना पन्जाव प्रान्तको रहिम यार खान क्षेत्रको विकट गाउँमा भएको बताइएको छ । नाम नखुलाइएकी उनकी पत्नीमाथि सार्र्वजनिकस्थलमा उक्त आक्रमणकारी समूहले यौन दुव्र्यवहारसमेत गरेको छ ।

अनलाइनमा त्यस भिडियो फुटेजको शीर्षक ‘हिन्दू समुदायमाथि फेरि अर्को हमला’ राखिएको छ । ११ मेमा ‘अल्पमत पाकिस्तानको आवाज’ नामक ट्विटर एकाउन्टमा यो भिडियो पोस्ट गरिएको हो ।

अर्को ट्विटर एकाउन्टमा हिन्दू परिवारका गुलाव र उनकी पत्नीमाथि आक्रमण तथा बलात्कार भएको उल्लेख गरिएको छ । ट्विट गर्नेहरूका अनुसार भूमि विवादपछि हिन्दू भएकै आधारमा तिनीहरूलाई जबरजस्ती आफ्नो घर–बस्ती छाड्न दबाब दिइएको हो । यस सम्बन्धमा औपचारिकरूपमा पाकिस्तानी प्रहरी एवं सञ्चारमाध्यमले अझैसम्म कुनै टिप्पणी गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्