कोलम्वियाली एयरलायन्स कंगाल हुने स्थितीमा



बोगोटा,एजेन्सी ।

कोलम्वियाको राष्ट्रिय एयरलाइन एभियान्काले सोमवार आफुलाई कंगाल हुनबाट जोगाउन अमेरिकाको एक अदालतमा निवेदन दर्ता गरेको छ । यो ल्याटिन अमेरिकाकै दोश्रो सबैभन्दा ठूलो क्यारियर हो । तर कोरोना भाइरस महाारीको कारण गत मार्च देखि यस एयरलायन्सले आफ्नो यात्रु ओसार्ने काम बन्द गेको छ ।

एभियान्काले महामारीको कारण आफ्नो ८० प्रतशत भन्दा बढि आय कटौति भएके तथा उच्च खर्च धान्न धौ धौ परिरहेको जनाएको छ । यदि आर्थिक नोक्सानीबाट बाहिर आउन सकेन भने कोभिड १९ महामारीको कारण डुब्ने यो विश्वकै पहिलो ठूलो एयरलाइन हुनेछ ।

उटा विज्ञप्ति जारी गर्दै यस एयरलाइनले आफुले अमेरिकाको न्युयोर्क स्थित अदालतमा कम्पनी कंगाल हुनबाट जोगाउने अध्याय एघारको निवेदन दर्ता गरेको औपचारिक जानकारी दिएको छ । यस प्क्रियाले अमेरिकी कम्पनीको आफुले ऋण तिर्नुपर्नेहरुलाई केहि समय रोक्न सकिन्छ भने कम्पनीले बाँकी रहेको रकम पुन संगठित गर्न वा व्यापारको केहि भाग बिक्रि गर्न समय पाउने छ । प्रमुख कार्यकारिणी अधिकारी आन्को भा डेर वर्फले एयरलायन्सलाई भविष्य पर्यन्त जोगाइ राख्न यस कदमले सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्