नाइजरको गाउँमा भयानक हमला



टिल्लावेरी,एजेन्सी ।

नाइजरका थुप्रै गाउँमा भएका आक्रमणमा कम्तिमा २० जना मानिको ज्यान गएको सोमवार स्थानिय निकायले जनाएको छ । टिल्लावेरी क्षेत्रका गवर्नर तिदुजनी इव्राहम क्याटिएल्लाले शनिवार भएको सो घटनाको क्रममा आक्रमणकारीहरु मोटरवाइकहरुमा आएको जानकारी दिएका छन् ।

ती अज्ञात समुहले गाउँका पसलहर लुट्ने , चौपायाहरु चोर्ने र गाउँलेहरुलाई भगाउने काम गरेको थियो । माली , बुर्किना फासो र बेनिनका सिमासंग जोडिएको टिल्लावेरीमा सन् २०१७ देखि संकटकालको स्थिती लागु हुँदै आएको छ । नाइजर , माली र बुर्किना फासो लामो संमयदेखि जिहादी आन्दोलनसंग संघर्ष गर्दै आएका छन् ।

आइतवार उत्तरी मालकिो किदाल क्षेत्रमा भएको एक आक्रमणमा संयुक्त राष्ट्र संघका चारजना शान्ति सेना मारिनुका साथै चाार जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्