फ्रेन्डली फायरमा १९ मारिए



तेहरान,एजेन्सी। 

इरानको नौसेनाले दुईवटा इरानी नौसैनिक युद्धपोतबिच गल्तीवश भएको फ्रेन्डली फायरमा १९ जना नौसैनिकको जयन जानुका साथै अन्य १५ जना घाइते भएको जनाएको छ । इरानी सरकारी संचार माध्यमले फ्रिगेट जामारानले परिक्षण गरेको नयाँ जहाज भेदक क्षेप्यास्त्रले आइतवार ओमानको खाडीमा तैनाथ गरिएको जहाज कोनाराकमा प्रहार गर्न पुगेको जनाएको छ ।

होर्मेज जल डमरु नजिक भएको तालिम अभ्यासको दौरान यो दुर्घटना भएको हो । इरानको शसस्त्र फौजले नियमित रुपमा सामरिक जलिय क्षेत्रमा सैनिक अभ्यास गर्ने गर्दछ ।

सरकारी टेलिभिजनले आफ्नो वेव साइट मार्फत बान्दार ए जास्को जलिय क्षेत्रमा आइतवार अपरान्ह कोनाराक माथि गल्तीवश क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ । दुई जहाजबिचको दूरीबारे राम्रो ख्याल गर्न नसक्दा यो दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्