खोपको विकास मात्र पर्याप्त नहुने चेतावनी, ७–८ टोली खोपको नजिक



वासिंगटन (एजेन्सी)

विश्वका साना र ठूला सबै सक्षम देशहरु कोरोना भाइरस विरुद्धको खोप हासिल गर्नमा अथक प्रयासमा लागिरहेका छन् । विश्वमा लाखौं नागरिक यस महामारीबाट मृत्यु भइसकेको छ । महामारीका कारण विश्वब्यापी थप्प रहेको जनजीवनको भविष्य झन झन अनिश्चित बन्दै गइरहेको छ । अब सबैको पर्खाइ भनेको कोरोनाको खोप चाँडो भन्दा चाँडो बजारमा आउन भन्ने हो ।

यद्यपी विज्ञेषज्ञहरुले अब खोपलाई लिएर पनि सचेत गराएका छन् । कोरोना भाइरसको खोपको विकास हुनु महामारी अन्त्यका लागि पर्याप्त नहुने उनीहरुले बताएकाछन् ।

कोरोना भाइरसको खोपलाई लिएर यो दावी यस महामारीमा शोध गरिरहेका चिकित्सा विशेषज्ञहरुले गरेको हो । यदी कोरोना भाइरसले आफैलाई शरीर भित्र अनुकुलताका हिसाबले आफुलाई ढाल्यो भने त्यसले अत्यन्त विकराल समस्या निम्त्याउन सक्छ ।

यसतो अवस्थामा खोपको विकासका बावजुद कयौं बर्षसम्म यसमा काबु पाउन कठिन हुने उनीहरुले बताएका छन् ।

सार्थ पुरै विश्वमा करिब ७० प्रतिशत अर्थात ५ अर्ब ६० करोडा आवादीलाई खोप लगाउनु पर्ने आवश्यक हुन्छ , ताकि उनीहरुको भित्र रोग प्रतिरोधक क्षमता उत्पन्न गर्न सकुन् । यसबीच विश्व स्वास्थ्य संगठन –डब्ल्युएचओ) ले समय अगाडी नै खोप बनाउन सफलता मिल्न सक्ने संकेत दिएको छ । डब्ल्युएओका निर्देशक जनरल टेड्रोस घेब्रेयेससले ७ – ड टोली खोप बिकास गर्नमा अत्यन्त निकत पुगिसकेको जानकारी दिए ।

दुई महिना अगाडीसम्म यसको खोप बनाउनमा १२ देखि १८ महिना समय लाग्न सक्ने सोच रहेको डब्ल्युएचओका महानिर्देशक घेब्रेयससले राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषदको भिडियो ब्रिफिंगमा बताए । तर तिब्र प्रयास भइरहेको र त्यसमा एक हप्ता अगाडी मात्र ४० देशका संगठन तथा बैंकद्वारा अनुसन्धान, उपचार र परीक्षणका लागि ८ अर्ब डलर मद्दत गरेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्