चीनको परीक्षण रकेट प्रक्षेपण खस्यो



बेइजिंग (एजेन्सी)

आफनो अन्तरिक्ष केन्द्रमा कार्गो ढुवानी गर्ने उद्देस्यले प्रक्षेपण गरिएको चीनको टेस्ट रकेट प्रविधिमा समस्या आएपछि पृथ्वी तर्फै फर्केको छ । यद्यपी यस परीक्षण खराबीका कारण रकेटको ठूलो हिस्सा पृथ्वीको वायुमन्डलमा अनियन्त्रित भइ खस्दा ठुलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ ।

लंग मार्च ५बीको आकार करिब ३० मिटर लामा र ५ मिटर फराकिलो करिब २० मेट्रिक टन थियो । विगत ३० बर्षमा पृथ्वीको वायुमन्डलमा अनियन्त्रित भइ खसेको यो सबैभन्दा ठूलो बस्तु मानिन्छ । यसअघि सन् १९९१ मा करिब ३९ टन तौलको सोवियत संघको अन्तरिक्ष केन्द्र स्याल्युट यसरी नै खसेको थियो ।

उक्त रकेट अफ्रिकाको पश्चिमी तट स्थित अटलान्टिक महासागरमा खसेको अमेरिकी अन्तरिक्ष बलको १८ औं स्पेस कन्ट्रोल स्काड्रनले जानकारी दिएको छ ।

चीनले गत मार्चमा बिना चालकको परीक्षणका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्ने बताएको थियो । भविष्यमा अन्तरिक्ष केन्द्रबाट अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फकाउन यसको प्रयोग हुने बताइएको थियो ।

चीन सन् २०२२ सम्म एक मल्टी माडुल अन्तरिक्ष केन्द्र तयार गर्न चाहन्छ । यसअघि चीनले परिक्षणका रुपमा एक अन्तरिक्ष केन्द्र पक्षेपण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्