पुटिनका प्रवक्ता कोरोना संक्रमित



मस्को (ए जेन्सी)

कोरोना भाइरस संक्रमित संख्यामा अमेरिकापछि दास्रो स्थानमा रुस पुगेको छ । यसबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमिट्री पेस्कोवमा पनि कोरोना भाइरस पोजिटिव देखिएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । पस्कोव सन् २००० को सूरुवाटदेखि पुटिनसँग काम गरिरहेको छ र सन् २००८ देखि उनका प्रवक्ता हुन् । एक दिन अगाडी मात्रै पुटिनले देशमा संक्रमणको दर कम भइरहेको दावी गरेका थिए ।

पेस्कोवले मंगलबार इन्टरफ्याक्स न्युज एजेन्सीलाई भने – हो म विरामी छु । मेरो उपचार भइरहेको छ ।
तर पस्कोवको स्थिति कति गम्भिर छ भन्ने जानकारी दिइएको छैन । रुसमा बिना लक्षण भएकाहरुलाई घर मै बस्न भनिएको छ । यसअघि प्रधानमन्त्री मिखाइल पनि कोरोना पोजिटिव भेटिएको थियो ।

पेस्कोव अन्तिम पटक अप्रिल ३० मा सार्वजनिक देखिएको क्रेमलिनका संवाददाताले बताएको छ । यद्यपी ती दुबै एउटै कक्षमा थिए भन्ने प्रष्ट हुन सकेको छैन । पुटिनले कयौं हप्तादेखि आफनो बैठक टेलिकन्फ्रेन्सिगका माध्यमबाट गर्दै आइरहेको छ । महामारीको शूरुवाटबाटै पुटिनले बैठक कम गरेका थिए र क्याबिनेट सदस्य तथा अधिकारीसँग भिडियो कल बैठक गरिरहेका थिए ।

रुसमा मंगलबारसम्ममा २ लाख ३२ हजार कोरोना पोजिटिव आइसकेको छ । यहाँ एक दिनम सबैभन्दा बढी ११ हजार ६ सय पोजिटिव भेटिएको थियो । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन कोरोना पोजिटिव देखिएपछि सेल्फ आइसोलेसनमा गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्